News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
संघीय संसद्को वेबसाइटमा ह्याकरले लेख्यो– ‘स्टप सपोटिङ चाइना’

काठमाडौं — पछिल्लो समय निरन्तरजसो भइरहेको संघीय संसद्को वेबसाइट डाउन र ह्याक हुने समस्या अझै हल हुन सकेको छैन। संसद्को वेबसाइटमा निरन्तर ह्याकरले पहुँच पुर्याइरहेका छन्। 

बिहीबार पनि संघीय संसद्को वेबसाइट ह्याक भएको छ। वेबसाइटको प्रमुख फोटो डिस्प्लेमा ह्याकरले भारतलाई सम्मान र चीनप्रति नकारात्मकता फैलाउने सामाग्री राखेका छन्। फोटोमा लेखिएको छ, ‘ह्वाट इज चाइना नोथिङ, स्टप सपोटिङ चाइना’ 

Prabhu Bank

संसद् सचिवालयका प्रवक्ता एकराम गिरिले भने, ‘हाम्रो पेज पूरै ह्याक भएको त छैन। तर, पेजमा स्पोन्सर हुने जस्तो गरी सामाग्री राखिएको रहेछ। केही समय अघि मात्रै हामीले थाहा पायौँ। यो बारे समाधान गर्ने कोसिस आईटी टिमले गरिरहेको छ।’

सरकारी कार्यालय त्यो पनि संघीय संसद्को वेबसाइटमा पछिल्लो समय निरन्तर जसो डाउन र ह्याक हुने प्रवृत्ति बढेको छ। जसले संसदीय सूचनाको संरक्षणमा असर गरेको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  ०९:०४
Weather Update