News Griha :: न्यूजगृह
गुजरातमा भयानक दुर्घटना, १० जनाको मृत्यु

काठमाडौं— गुजरातको अहमदाबाद–वडोदरा 'एक्सप्रेस वे' मा भएको भयानक सडक दुर्घटना भएको छ। रोकिराखेको टयाङ्करमा गएर कार ठोक्किएको दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ।

नादियाद नजिकै तीव्र गतिमा रहेको कार तेल ट्याङ्करमा ठोक्किएर दुर्घटना भएको हो। प्राविधिक गडबडीका कारण ट्याङ्कर राजमार्गको छेउमा रोकिराखिएको थियो। ट्याङ्कर पुणेबाट मुम्बई जाँदै थियो। भने कार बडोदराबाट अहमदाबाद जाँदै थियो।

कारमा १० जना सवार थिए। ८ जनाको घटनास्थल मै र २ जनाको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा ८ पुरुष, एक महिला र एक बालक छन्। दुर्घटनाको खबर लगत्तै दुईवटा एम्बुलेन्स घटनास्थलमा पुगेका थिए। यससँगै राजमार्गको उद्धार टोली पनि घटनास्थलमा पुगेको थियो।

शव निकाल्न कारको पाता काट्नु परेको थियो।  मृतकको बुधबार राति अबेरसम्म पनि सनाखत हुन सकेको छैन। कारमा बडोदा, नाडियाद र अहमदाबादका यात्रु रहेको प्रहरीको अनुमान छ। प्रहरीले शवलाई पोस्टमार्टमका लागि पठाएको छ। कारको दर्ता नम्बरका आधारमा मृतकको परिचय खुल्ने प्रयास भइरहेको छ।

प्रहरीले दुर्घटनाको अनुसन्धान गर्न विशेष टोली गठन गरेको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  ०८:५५
Weather Update