News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
हाम्रा कुनै पनि क्रान्ति निष्कर्षमा पुगेनन्ः राजेन्द्र महतो

काठमाडौं— पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले राजनीतिक परिवर्तनका आन्दोलनहरु जनअपेक्षाअनुसारको परिवर्तनसम्म पुग्न नसकेको भन्दै फेरि नयाँ क्रान्तिको आवश्यकता भएको बताएका छन्। 

राजधानीमा बुधबार आफ्नो पुस्तक ‘अधुरा क्रान्ति, संघर्ष मातृभूमिका लागि’ विमोचन कार्यक्रममा उनले यस्तो बताएका हुन्। अहिलेसम्म भएका सबै आन्दोलन अधुरो नै रहेको दाबी उनले गरे। एकल चिन्तन सोचबाट देशको शासन र संविधान चलेको अवस्थामा क्रान्ति आवश्यक भएको उनको धारणा छ। 

Prabhu Bank

उनले भने, ‘यो देशमा जति पनि परिवर्तनका लागि आन्दोलन संघर्ष भए, क्रान्ति भए त्यो कुनै पनि क्रान्ति र संघर्षले पीडामा परेको जनतालाई न्याय दिन सकेन। त्यो आन्दोलनको लक्ष्य पूरा भएको महसुस भएको छैन। यस अर्थमा नेपालमा क्रान्तिको आवश्यकता अझै पनि छ। एकल चिन्तन सोचबाट देशको शासन र संविधान बनाउने, आफ्नो हातले आफ्नै पिठ थपथपाउने, अनि सबै भइसक्यो भन्ने यो अवस्थामा फेरि पनि क्रान्तिको आवश्यकता छ।’

उनले आफ्नो पुस्तक उत्पीडित जनताले भोगेका उत्पीडनको पुलिन्दा भएको बताए। उनले भने, ‘यो पुस्तक बास्तवमा भन्नुपर्दा उत्पीडित जनताको उत्पीडनको पुलिन्दा हो। यो देशमा पीडामा परेको मधेसी, आदिवासी, जनजाती, दलित, मुस्लिम, थारु लगायत उत्पीडनमा परेको जनताको पीडाको पुलिन्दा हो। त्यो मैले भन्ने प्रयास गरेको छु।’ 

अहिलेसम्म जति क्रान्ति भए त्यो सबै अधुरा भएको कारणले पनि आफ्नो पुस्तकको नाम ‘अधुरा क्रान्ति’ भएको उनको भनाइ छ। 
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १७:०३
Weather Update