News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
आईसीसीको टी-२० वरियतामा दीपेन्द्रको छलाङ

काठमाडौं—  आईसीसीको टी-२० वरियतामा दीपेन्द्र सिंह ऐरीले छलाङ मारेका छन्। आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरियतामा दीपेन्द्र अलराउण्डरतर्फ ११औ स्थानमा उक्लिएका हुन्।

यसअघि २५औं स्थानमा रहेका दीपेन्द्रले १४ स्थान सुधार गर्दै टी-२० अलराउण्डरमा ११औं स्थानमा उक्लिएका हुन्। दीपेन्द्र हाल जारी एसीसी प्रिमियर कपमा कतारविरुद्धको खेलमा एक ओभरका सबै बलमा छक्का हानेर अन्तर्राष्ट्रिय रूपमै चर्चामा रहेका छन्।

Prabhu Bank

उनी टी-२० अन्तर्राष्ट्रिय खेलमा भारतका युवराज सिंह र वेस्ट इन्डिजका केरन पोलार्डपछि तेस्रो खेलाडी बनेका छन्। त्यस्तै दीपेन्द्रले टी-२० ब्याट्सम्यानको वरियतामा भने १६ स्थान सुधार गर्दै ६२औं स्थानमा रहेका छन्। 

त्यस्तै टी-२० ब्याट्सम्यानको वरियतामा नेपालका ओपनर आसिफ सेखले ३६ स्थानको सुधार गर्दै ७५औं स्थानमा आएका छन्। बलिङतर्फ भने कुनैपनि नेपाली खेलाडी शीर्ष १ सय भित्र छैनन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १४:४८
Weather Update