News Griha :: न्यूजगृह
दुहवीमा चल्यो डोजर ...

काठमाडौं— सुनसरीको दुहवीमा ६ लेन सडक क्षेत्रमा पर्ने अतिक्रमित संरचना डोजर लगाएर भत्काइएको छ ।

सडक क्षेत्रमा पर्ने अतिक्रमित संरचना हटाउन नगरपालिकाले बारम्बार सूचना निकाले पनि स्थानीयले अटेर गरेपछि बाध्य भएर डोजर चलाउनुपरेको बताइएको छ ।

यसैबीच, ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा सडक क्षेत्राधिकार भित्रका घर भत्काइएको छ । 

फुङ्लिङ नगरपालिकाले सडकको क्षेत्राधिकारभित्र पर्ने संरचना हटाएर सडकको स्तरोन्नति गर्ने योजनाअनुसार मङ्गलबार बजार क्षेत्रका दर्जनौँ घर टहरा भत्काएको हो । 

Taplejung_Dozer1681882486.jpg

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  ११:२०
Weather Update