News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
मधेस प्रदेश सभामा झडप, बैठक फेरि स्थगित

काठमाडौं— मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको दोस्रो पटक पनि विश्वासको मत लिने प्रयास असफल भएको छ।

प्रतिपक्षी दल नेपाली कांग्रेस र जनमत पार्टीले अवरोध गरेपछि मुख्यमन्त्रीले विश्वास मत लिन सकिरहेका छैनन्। 

Prabhu Bank

जनमत पार्टीका सांसदहरुले आफ्ना सांसद माथि भएको आक्रमणको छानबिन समित गठन गर्नुपर्ने माग राख्दै अवरोध गरिरहेका छन्। त्यसक्रममा प्रदेश सभाको माइक समेत भाँच्चिएको छ।

प्रदेश सभा सचिवालयका अनुसार माइक भाँचिएको र क्यामेरा फुटेको छ।

दोहोरो झडपको अवस्था आएपछि सभामुखले दोस्रो पटक पनि १० मिनेटका लागि बैठक स्थगित गरेका छन्।

यसअघि पनि संसद् अवरुद्ध हुँदा सभामुखले १० मिनेटका लागि स्थगित गरेको बैठक  करिब ५ घण्टापछि सञ्चालन गरेका थिए।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  २०:०५
Weather Update