News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
किशोरीलाई वेश्यावृत्तिमा लगाएको आरोपमा स्पा सञ्चालक पक्राउ

काठमाडौं— किशोरीलाई वेश्यावृत्तिमा लगाएको अभियोगमा दुई जना महिलालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा काठमाडौंको चाबहिलमा फ्रेन्डसिप ब्युटी एण्ड स्पा सञ्चालन गर्दै आएकी झापाको झापा गाउँपालिका–१ की ३४ वर्षीया पूजा लोवा र काठमाडौं–७ गंगाहिटी बस्ने चितवनको वीरेन्द्रनगरकी ४३ वर्षीया पूजा मगर भनिने ओमकुमारी पुन छन्। 

Prabhu Bank

मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको टोलीले लोवालाई चाबहिल र पुनलाई ज्ञानेश्वरबाट पक्राउ गरेको हो। पीडित किशोरीलाई उद्धार गरी हाल सुरक्षित आवासमा राखिएको छ।

प्रहरीका अनुसार नाबालिकालाई वेटरको काममा लगाइदिने भनी ओमकुमारीले पूर्वी नवलपरासीको एक रेष्टुरेन्टमा पठाएकी थिइन। रेष्टुरेन्ट सञ्चालकले ललाइफकाइ तथा धाकधम्की दिई वेश्यावृत्तिमा लगाए। त्यसको केही समयपछि ती किशोरीलाई काठमाडौं ल्याएर लोवाले आफ्नो चाबहिलस्थित ब्युटी एण्ड स्पामा काममा मात्र लगाइनन्, विभिन्न प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाएको अनुसन्धानमा खुल्न आएको छ।

साथै ओमकुमारीले ती किशोरीलाई राती ग्राहकहरूको अनुरोधमा विभिन्न होटल तथा गेस्ट हाउसहरूमा ‘पठाओ’ प्रयोग गरि पठाई वेश्यावृत्तिमा समेत लगाउने गरेको पनि खुल्न आएपछि प्रहरीले पक्राउ गरेको हो।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १९:१६
Weather Update