News Griha :: न्यूजगृह
संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन, पुन: बस्ने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बुधबार बिहान सिंहदरबारमा संवैधानिक परिषद्को बैठक । तस्बिर : प्रदीपराज वन्त/रासस

काठमाडौं— संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन भएको छ । बुधबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठक निष्कर्षविहीन भएको हो ।

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्सिनाले अर्को बैठक बसेर प्रधानन्यायाधीश नियुक्ति सिफारिसको विषय टुंग्याइने बताए ।

बैठकमा अध्यक्ष तिमिल्सिनासहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, उपप्रधानमन्त्री एवम् रक्षा तथा कानुन, न्याय र संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का र प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी थिए ।

प्रमुख तीन दलबीच केही दिनअघि संवैधानिक परिषद्को बैठक राखेर प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने सहमति भएको थियो ।
 

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  १०:०३
Weather Update