News Griha :: न्यूजगृह
आज चैतेदसैँ, बिहानैदेखि शक्तिपीठमा भक्तजनको घुइँचो
चैतेदसैँको दिन गण्डकी प्रदेशको उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्य बागलुङ कालिका मन्दिरमा मङ्गलबार बिहान देखिएको भक्तजनको घुइँचो। तस्बिर: रासस

काठमाडौं— आज चैतेदसैँ। बिहानदेखि नै शक्तिपीठमा भक्तजनको घुइँचो लागेको छ। 

संघीय राजधानीका गुह्येश्वरी, जयबागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, बिजेश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनी, बगलामुखी, टोखा चण्डेश्वरीलगायत मन्दिरमा भक्तजनको भीड छ। 

baglung_kalika_temple-1713238742.jpg
चैतेदसैँको दिन गण्डकी प्रदेशको उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्य बागलुङ कालिका मन्दिरमा मङ्गलबार बिहान देखिएको भक्तजनको घुइँचो। तस्बिर: रासस

शक्तिपीठ तथा देवी मन्दिरलाई ध्वजापताकाले सिँगारिएको छ। देवीका भजन, मङ्गल धुन तथा देवी स्तोत्र वाचनले भक्तजनलाई मन्त्रमुग्ध बनाउँछ। मैतीदेवी मन्दिर छिर्ने सडकमा आकर्षक द्वार निर्माण गरेर भक्तजनलाई मन्दिरमा स्वागत गर्न ढोका निर्माण गरिएको छ। बिहानैदेखि भक्तजन पूजा, आराधना एवं दर्शनका लागि लाममा बसेका छन्।

भक्तजनको घुइँचो बढेपछि सुरक्षाकर्मी परिचालन गरेर पूजाआजा गर्ने व्यवस्था मिलाएको छ।  

manamaiju_mander-1713238742.jpg
काठमाडौंको तारकेश्वर नगरपालिका ९ स्थित मनमैजुमा रहेको मनमैजु मन्दिरमा मङ्गलबार पूजा आराधना गर्दै भक्तजन । तस्बिरः रासस 

 

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  ०९:२६
Weather Update