उपराष्ट्रपति चिर्वाचन
उपराष्ट्रपति निर्वाचनको सबै प्रक्रिया पूरा

काठमाडौं — उपराष्ट्रपति निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको छ । शुक्रबार हुने उपराष्ट्रपति निर्वाचनको तयार पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी वातावरणमा सम्पन्न गराउन सम्बन्धित पक्षलाई निर्वाचन आयोगले आग्रह गरेको छ ।
आयोगका अनुसार, निर्वाचन बिहान १० देखि ३ बजेसम्म जारी हुनेछ । निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ बमोजिम मतदान हुने दिनको ४८ घण्टा अगाडिदेखि निषेधाज्ञा गत फागुन ३० गते राति १२ बजेदेखि लागु भइसकेको छ ।
निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको मौनवअवधि सुरु भइसकेकाले बैठक, छलफल गरेर निर्णय नलिन दलहरुलाई सचेत समेत गराएको छ ।

निर्वाचन आयोगको विज्ञप्तिः
प्रकाशित मिति: बिहीबार, चैत २, २०७९ १६:२१













