News Griha :: न्यूजगृह
आज सूर्यग्रहण लाग्दै, यी कुरामा सजग हुनुहाेस्
सूर्यग्रहण । फाइल तस्बिर ।

काठमाडौं— वर्षको पहिलो सूर्यग्रहण बुधबार लाग्दैछ । ग्रहण बिहान ७:४० देखि १२:२९ बजेसम्म लाग्नेछ । सूर्यग्रहणको अवधि साढे पाँच घण्टा छ । यसपटक कङ्कनकृति सूर्यग्रहण हुनेछ ।

नेपाललगायतका देशमा सूर्यग्रहण कति समयसम्म देखिने र यस समयमा के कुरामा सजग रहने त्यसकाे जानकारी हुनु जरुरी छ । वर्षको पहिलो सूर्यग्रहणसँग सम्बन्धित केही कुराहरू जानाैं ।

नेपालमा सूर्यग्रहण

यो सूर्यग्रहण नेपालमा देखिने छैन । त्यसैले सुतक अवधि मान्य छैन । यसबाहेक वर्षको पहिलो ग्रहण कम्बोडिया, चीन, अमेरिका, सिंगापुर, थाइल्याण्ड, अन्टार्कटिका, अष्ट्रेलिया, भियतनाम, ताइवान, पपुवान्युगिनी, इन्डोनेसिया, फिलिपिन्स, दक्षिण हिन्दमहासागर र न्यूजिल्याण्डमा देखिनेछ । 

सजग हुनुहाेस्

–सूर्यग्रहण हेर्न चाहनुहुन्छ भने नाङ्गो आँखा प्रयोग नगर्नुहोस् । टेलिस्कोपमार्फत हेर्न सकिन्छ अथवा सनग्लासको सहायताले सूर्यग्रहण हेर्न सक्नुहुन्छ । यदि तपाईंले नाङ्गो आँखाले ग्रहण हेर्नुभयो भने सूर्यको हानिकारक किरणले आँखालाई हानी पुर्‍याउँछ ।

–ग्रहणको समयमा भगवान्को नाम लिनुपर्छ । भजनकीर्तन गर्नुपर्छ । ग्रहणको मध्यावधिमा यज्ञ र भगवान्को आराधना गर्नु उत्तम मानिन्छ ।

–ग्रहण सकिएपछि स्नान गरेर दान पनि गर्नुपर्छ । यो धेरै राम्रो मानिन्छ । ग्रहणको प्रभावबाट बच्न आदित्य हृदयस्तोत्रको नियमित पाठले जीवनमा सकारात्मकता कायम राख्छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  ०७:३२
Weather Update