काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्ताबाट बाहिर बस्नुपर्दाको पीडा संसदमा पोखिरहेको टिप्पणी गरेका छन्।
आज बसेको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले कांग्रेसप्रति कटाक्ष गर्दैं संसदमा संसदीय मर्यादा भन्दा बाहिरका गतिविधि भइरहेको बताए।
‘कांग्रेसले आक्रोश पीडाले जे पायो त्यही बोलिरहेको छ, यस्तो गर्नु हुँदैन । संसदीय प्रणालीलाई हामीले प्रणालीको रुपमा रक्षा गर्नुपर्छ। त्यसको नम्स भ्यालुज् कसरी अगाडी बढ्ने भन्ने कुरा त्यसको एउटा सीमा हुन्छ ।’ ओलीले भने ।
त्यसैगरी कांग्रेसले जनताको सवाल भन्दै उठाइरहेका विषय जनताको मुद्दा भन्दा पनि बढी आफ्नो मुद्दा स्थापित गराउनका लागि गरिरहेको भन्दै कटाक्ष गरे ।
‘कांग्रेसले जनताको विषयमा कुरा गरिरहेको छ । तर जनतालाई त्यति सारो पर्या छैन जति कांग्रेसलाई पर्या छ,’ ओलीले भने,‘कांग्रेसको सारो गारोले गर्दा यति भैराखेको छ । संयमित ढंगले विधि अन्तर्गत समाधान खोज्नुपर्दछ।’
संसदको अधिवेशन अन्त्य अहिलेको आवश्यक्ता रहेको बताए । ओलीले नीति कार्यक्रम र बजेटका विषयमा छलफलका लागि संसदको अधिवेशन अन्त्य गरी १५ दिनको समय राख्नु उचित रहने बताए।