![संसद्को हिउँदे अधिवेशन: २३ वटा बैठकमा के-के भयो [पूर्णपाठ]](https://newsgriha.com/uploads/posts/parliament_2222-1712740149.jpg)
काठमाडौं — संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको हिउँदे अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुँदैछ। २०८० माघ २२ गतेबाट प्रारम्भ भएको उक्त अधिवेशनको अन्तिम बैठक आज बस्यो।
सभामुख देवराज घिमिरेले ७० दिनमा भए/काम कारबाहीको संक्षिप्त जानकारी गराएका छन्। २३ वटा बैठकमा ८१ घण्टा ५५ मिनेट संसदीय काम कारबाहीमा व्यतीत रहेको घिमिरेले बताए। यस अधिवेशनमा ५ वटा सरकारी विधेयक दर्ता भएको छ ।
राष्ट्रिय सभामा उत्पति भएका ३ वटा सरकारी र एउटा गैरसरकारी विधेयकमध्ये एउटाको सामान्य छलफल सकिएको र बाँकी ३ वटा पेश गरिएको छ। सभाको पहिलो र दोस्रो अधिवेशनमा राष्ट्रिय सभाबाट प्राप्त ८ वटा विधेयकमध्ये २ वटा पारित भएको र ६ वटा समितिमा विचाराधीन रहेको जानकारी गराइयो। हिउँदे अधिवेशनबाट कूल ३ वटा विधेयक पारित गरिएको छ।
सभामुखबाट जानकारी गराइएको हिउँदे अधिवेशनको कामकारबाहीको संक्षिप्त विवरण-