News Griha :: न्यूजगृह
बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

काठमाडौं— सरकारले आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने भएको छ ।

६ देखि ५५ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाउन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१२ देखि ५५ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि पनि खुवाइने मन्त्रालयकाे भनाइ छ ।

आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ए र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  ०६:१४
Weather Update