के घट्ला त मूल्य
घटेर आयो इन्धनको मूल्य

काठमाडौं— भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । अब नेपाल आयल निगम सञ्चालक समिति वा व्यवस्थापन बैठकले इन्धनको उपभोक्ता मूल्यबारे निर्णय गर्ने छ ।
भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाललाई इन्धन बिक्री गर्दै आएको छ । आईओसीले पाडाएको नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य लिटरमा ८६ पैसा र डिजेलको मूल्य लिटरमा १ रुपैयाँ ७४ पैसाले घटेको छ ।
अहिले बजारमा पेट्रोल प्रति लिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १७५ रूपैयाँमा बिक्री भइरहेको छ । यस्तै खाना पकाउने ग्याँसको मूल्य प्रति सिलिण्डर १८ सय रुपैयाँ छ ।
प्रकाशित मिति: बिहीबार, चैत २, २०७९ १५:३०













