News Griha :: न्यूजगृह
चुनाव प्रचारमा हेलिकप्टर प्रयोग नगर्न आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले १० वैशाखमा हुने उपचुनावको प्रचारका लागि हेलिकप्टर प्रयोग नगर्न राजनीतिक दलहरूलाई आग्रह गरेको छ ।

बारा, चितवन र तनहुँमा हुने उपचुनावका लागि कुनै पनि ठाउँमा निर्वाचन आचारसंहिता बमोजिम हेलिकप्टर प्रयोग नगरी प्रचार गर्न सकिने अवधि पर्याप्त रहेको साथै ती जिल्लामा यातायातको सहज पहुँच रहेकोले हेलिकप्टर प्रयोग नगरी मितव्ययिता अपनाउन आयोगले आग्रह गरेको हो ।

यस्तै आयोगले निर्वाचन आचारसंहिताको पूर्ण कार्यान्वयनका लागि सरकारी निकाय तथा निजी हेलिकप्टर सेवा प्रदायकलाई आफ्नो सहमतिविना चुनाव प्रचारमा सेवा उपलब्ध नगराउन पनि सूचित गराएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  १९:५९
Weather Update