मिटरब्याजपीडित र प्रहरीबीच झडपबारे अध्ययन गर्न समिति गठन

काठमाडौं— सरकारले मिटरब्याजपीडित र प्रहरीबीच सोमबार भएको झडपबारे अध्ययन गर्न काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीको संयोजकत्वमा एक अध्ययन समिति गठन गरेको छ ।
पाण्डेको संयोजकत्वमा बनेको समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र मन्त्रालयको एक/एक जना प्रतिनिधि सहभागी छन् ।
संयोजक पाण्डेले सत्यतथ्य पत्ता लगाई पाँच दिनभित्रमा प्रतिवेदन बुझाउने गरी समिति बनेको जानकारी दिइन्
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार उक्त घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको निःशुल्क उपचार गर्ने जानकारी दिएका थिए ।
प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८० १९:२३













