News Griha :: न्यूजगृह
पर्यटन बोर्डले माग्यो सीईओ, आवेदन दिन यस्तो योग्यता आवश्यक

काठमाडौं — नेपाल पर्यटन बोर्डले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ। बोर्डले शनिबार सार्वजनिक सूचना प्रकाशन गरी सीईओ माग गरेको हो। 

आवेदन दिन स्नातकोत्तर गरेको र पर्यटन क्षेत्रमा १० वर्षको कार्यानुभव भएको हुनुपर्नेछ। ३५ वर्ष देखि ६० वर्षसम्मका व्यक्तिले आवेदन बुझाउन सक्नेछन्।

योग्यता पुगेका नेपाली नागरिकलाई १२ दिनभित्र आवेदन बुझाउन भनिएको छ। आवेदन शुल्क ७ हजार रुपैयाँ तोकिएको छ। 
 

हेर्नुहोस् सूचनाः  

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  ०९:२९
Weather Update