लापसे गरि सवारी चलाउने ५ जना चालक पक्राउ

काठमाडौं — नागढुङ्गाबाट लागूपदार्थ सेवन (लापसे) गरी सवारीसाधन चलाउँदै गरेका ५ जना चालकलाई शुक्रबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा लु २ ख ७२ ७९ नम्बरका बस चालक नवलपरासीका ३१ वर्षीय नवराज राना, बा ३ ख २४ ९६ नम्बरका बस चालक धादिङका २४ वर्षीय रेमन आले मगर, ना ८ ख १५ ७७ नम्बरका बस चालक सल्यानका ४२ वर्षीय शसिराम बोहरा छन्।
त्यस्तै, ना ७ ख ४१ ११ नम्बरका ट्याङ्कर चालक बाराका २६ वर्षीय मोहमत नियाज र बा ६ च ६३ ३३ नम्बरका कार चालक मकवानपुरका ३७ वर्षीय रोमी श्रेष्ठलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागी प्रहरी वृत्त थानकोट पठाइएको छ।
प्रकाशित मिति: शनिबार, चैत २४, २०८० ०९:०५













