News Griha :: न्यूजगृह
नेपाल प्रहरीका दुई डीएसपीको सरुवा

काठमाडौं —  प्रहरी प्रधान कार्यालयले दुईजना नायब उपरीक्षक (डीएसपी)हरुको सरुवा गरेको छ।

नारायण रञ्जितकारलाई नेपाल प्रहरी विद्यालय काभ्रेमा सरुवा गरिएको छ। 

त्यस्तै दिनेश घिमिरेलाई नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

रञ्जितकार लागूऔषध नियन्त्रण ब्युरोमा र घिमिरे काठमाडौं उपत्यका प्रहरी कार्यालयमा कार्यरत थिए।  

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  ०८:००
Weather Update