
काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मिटरब्याज पीडित र तराईमा आन्दोलनरत हरूवाचरुवाको माग तत्काल सम्बोधन नगरे सरकारविरुद्ध सडक संघर्षमा जाने चेतावनी दिएका छन् ।
मंगलबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर बोल्दै उनले मिटरब्याज पीडितहरूको माग सम्बोधन गर्नुको साटो सरकारले उनीहरूमाथि हिजो ९सोमबार० निर्मम ढंगले आक्रमण गरेको उल्लेख गर्दै निन्दा र भत्र्सनासमेत गरे ।
‘उनीहरूको मागलाई सरकारले समयमै सम्बोधन गरोस्,’ लिङ्देनले भने, ‘अन्यथा, एउटा जिम्मेवार राजनीतिक पार्टीको नाताले उनीहरूको साथमा सडक संघर्षमा जाने घोषणासमेत गर्न चाहन्छु ।’
ती गरिब र निमुखा मानिसहरूमाथि किन आक्रमण गर्नु परेको भनि सरकारलाई अध्यक्ष लिङ्देनले प्रश्नसमेत गरे । उनले सर्वहारावर्गको अधिनायकत्व स्थापना गर्ने सपना बाँडेर हिँडेको पार्टी नेतृत्वको सरकारले पनि उनीहरूमाथि आक्रमण गर्ने काम गर्नु आपत्तिजनक रहेको बताए ।
अध्यक्ष लिङदनले पीडित पक्षको अभिभावकीय भूमिकामा सरकार नरहेको भन्दै असन्तुष्टिसमेत व्यक्त गरे ।













