News Griha :: न्यूजगृह
फोहोर नउठाउने बालेनकाे निर्णयविरुद्धको रिटमा सुनवाइ हुँदै

काठमाडौं— काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्धको रिटमा मंगलबार सुनुवाइ हुँदैछ ।

सिंहदरबार, राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै मेयर साहविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा मंगलबार सुनवाइ हुन लागेको हो ।

अधिवक्ता पदम श्रेष्ठले काठमाडौं महानगरपालिकाले कानुनविपरीत फोहोर संकलन नगरेको उल्लेख गर्दै तत्काल फोहोर संकलन गरी ल्यान्डफिल्ड साइडमा लैजान, नियमित फोहोर संकलन र बिसर्जन गर्नु पर्नेलगायतका माग गर्दै सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

सोही रिटमा आज मंगलबार सुनवाइ हुन लागेको हो ।

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  १०:०१
Weather Update