News Griha :: न्यूजगृह
जसपाले गर्‍यो मञ्जु अन्सारीलाई समानुपातिक सांसद सिफारिस 

काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपालले मञ्जु अन्सारीलाई प्रतिनिधि सभा सदस्यको लागि सिफारिस गरेको छ ।

अन्सारी जसपाको समानुपातिकतर्फको उम्मेदवारमा मुस्लिम क्लस्टरको दोस्रो स्थानमा छन् । बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अन्सारीलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने निर्णय गरेको हो । उनी सप्तरी निवासी हुन् ।

समानुपातिकतर्फकी जसपा सांसद शहनाज रहमानको हृदयघातबाट अघिल्लो साता निधन भएपछि प्रतिनिधि सभातर्फको एक स्थान रिक्त छ। सोही  रिक्त स्थानको पदपूर्तिका लागि केन्द्रीय कार्यकारिणी समिति बैठक बसेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए।

पार्टीको तर्फबाट रिक्त रहेको सांसद पदमा अन्सारीलाई निर्वाचित गराउन जसपाले निर्वाचन आयोगलाई पत्राचार पनि गर्दैछ ।
 

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १४:१२
Weather Update