News Griha :: न्यूजगृह
विद्यार्थीसँग यौन सम्बन्ध राखेको आरोपमा महिला शिक्षक पक्राउ 

काठमाडौं— अमेरिकामा छात्रासँग जबर्जस्ती यौन सम्बन्ध राखेको आरोपमा महिला शिक्षक पक्राउ परेकी छिन् ।

शिक्षकले विद्यालय परिसरभित्रै विद्यार्थीलाई धम्की दिएको र विद्यार्थीसँग पटक–पटक यौन सम्बन्ध राखेको आरोप छ ।

उजुरी परेपछि प्रहरीले ती महिला शिक्षकलाई पक्राउ गरेको छ । डेनभिलकी ३८ वर्षीया एलेन शेलमाथि बलात्कारको आरोप लागेको छ ।

मुद्दामा दायर गरिएको उजुरी अनुसार शेललाई १६ वर्षका दुई वटा केटाहरूसँग तीन पटक यौनसम्पर्क गरेको आरोप लगाइएको छ ।

ब्ल्यूटीकेआरका अनुसार, वुडलाँन एलीमेंट्री स्कूलमा शिक्षक सहयोगीको रूपमा उनी काम गर्थिन र यसअघि पनि ल्यान्कास्टर इलिमेन्टरी स्कूलमा कार्यरत रहँदा यस्तै हर्कत गरेपछि उनलाई प्रशासनिक बिदामा पठाइएको थियो ।

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  ०८:५०
Weather Update