News Griha :: न्यूजगृह
प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं— संघीय संसद्अन्तर्गतको प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ ।

संसद् सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७८/७९ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रधानमन्त्री प्रचण्डले नै राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  ०८:३२
Weather Update