मौसम : वर्षा, हावाहुरी र तुवाँलोको सम्भावना

काठमाडौं— स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावले मंगलबार देशका केही भागमा वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा तथा बाग्मती र कोसी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको विभागको भनाइ छ । उपत्यकालगायत देशका धेरै भू–भागमा तुवाँलोको सम्भावना रहेको छ ।
विभागले राति देशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ ।
प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८० ०६:१३













