टिचिङ अस्पतालमा छातीको भिडिओ एक्सरे गरेर फर्किए राष्ट्रपति

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य परीक्षण गराएर निवास फर्किएका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि उनी उपचारका लागि सोमबार त्रिवि शिक्षण अस्पताल (टिचिङ) महाराजगञ्ज गएका थिए ।
उपचारका क्रममा चिकित्सकहरूले राष्ट्रपति पौडेलको बायाँ छातीको तल्लो भागको भिडिओ एक्सरे गरी परीक्षण गरेको उनको सचिवालयले जनाएको छ ।
उपचारमा संलग्न चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था हाल सामान्य रहेको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८० २१:१४