News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
धनी देश जर्मनीमा किन बढिरहेको छ गरिबी? 

काठमाडौं— जर्मनीमा गरिबीको दर तीव्र गतिमा बढिरहेको पाइएको छ। खास गरेर गरिब बालबालिकाको संख्या रेकर्डको स्तरमा पुगेको छ। हरेक ५ मध्ये एउटा बालबालिका गरिबीको चपेटमा परेका छन्। 

जर्मनको गैर–नाफामुलक कल्याणकारी संस्था ‘पारिटेटिश वोह्लफार्ट्सफर्बांड’ले एक रिपोर्ट जारी गरेको छ। जसअनुसार देशमा गरिबको रेखामुनि जिउने मानिसको संख्या तीव्र गतिमा बढेको देखिन्छ। यो रिपोर्टको नतिजा सन् २०२२ को तथ्याङ्कहरुमा आधारित छ। 

रिपोर्टका अनुसार सन् २०२२ मा जर्मनीमा करिब डेढ करोड मानिस गरिबीको रेखामुनि छन्। अर्थात् देशको कुल जनसंख्याको करिब १७ प्रतिशत मानिस गरिब छन्। सन् २०२१ को तुलनामा यो संख्या १ लाखले बढी हो। 

Prabhu Bank

युरोपको सबैभन्दा ठूलो अर्थव्यवस्था भएको जर्मनीमा गरिबको संख्या बढिरहँदा यसबाट सबैभन्दा बढी बालबालिका प्रभावित भएका छन्। देशमा हरेक ५ मध्ये एउटा बच्चा गरिबीको रेखामुनि छन्। 

रिपोर्टअनुसार जर्मनीमा कोभिड १९ को महामारीपछि गरिबीको दर बढेको देखिन्छ। सन् २०१९  देखि २०२२ को बीचमा गरिब मानिसको संख्या देशभर १० लाखले बढेको छ। 

यद्यपि जर्मनीमा सन् २००६ यता नै गरिबीको दर बढिरहेको छ। सन् २००६ देखि २०२२ सम्म जर्मनीमा गरिब मानिसको संख्या २७ लाखले बढेको छ। 

किन बढिरहेको छ गरिबी?
रिपोर्टका अनुसार कोरोना महामारीको अवधि र त्यसपछिको समयमा पनि कयौं मानिसले रोजगारी गुमाएका छन्। कयौं मानिस निवृत्त भए। यस्तो अवस्थामा मानिसहरुको आम्दानी घट्यो र उनीहरुसँग गुजरा चलाउनका लागि पर्याप्त संसाधनको अभाव हुन पुग्यो। सन् २०२२ मा रुसले युक्रेनमाथि हमला गरेपछि महङ्गी झन् चुलिएको छ। 

विश्व बैंकको सन् २०२२ को तथ्याङ्कअनुसार विश्वभर करिब ६५ करोड मानिस गरिबीमा बाँचिरहेका छन्। यो विश्वभरको कुल जनसंख्याको करिब ८ प्रतिशत हो। 

दक्षिणी सुडान, बुरुन्डी, सेन्ट्रल अफ्रिकन रिपब्लिक तथा डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो विश्वका सबैभन्दा गरिब देश हुन्। –एजेन्सी

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १५:५४
Weather Update