News Griha :: न्यूजगृह
प्रधानमन्त्री दाहालले डाके संवैधानिक परिषद्को बैठक

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्को बैठक शुक्रबार बिहान ९ बजे बस्ने गरी सिंहदरबारमा डाकेका छन् । प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्ने तयारी बैठककाे छ ।

संवैधानिक परिषद्को बैठकलगायतका विषयमा छलफल गर्न सोमबार प्रधानमन्त्री दाहाल, सभामुख देवराज घिमिरे र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमाले अध्यक्ष केपी ओलीलाई भेट्न ओली निवास बालकोट गएका थिए ।

तीन दलको बैठकले संवैधानिक परिषद्काे बैठक डाक्ने निर्णय गरेको थियो ।

चोलेन्द्रशमशेर जबरा अनिवार्य अवकाशमा गएपछि गत २७ मंसिरदेखि प्रधानन्यायाधीश पद रिक्त छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  १९:५२
Weather Update