News Griha :: न्यूजगृह
कोरोना संक्रमित एक जनाको मृत्यु

काठमाडौं— कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीर अधिकारीका अनुसार सोमबार एक जना कोरोना संक्रमितको मृत्यु भएको हो । 

सोमबार १०४ जना नयाँ संक्रमित थपिए । ५७१ पीसीआर तथा एक हजार ६१ एन्टिजेन परीक्षण गरी जम्मा एक हजार छ सय ३२ नमूना परीक्षणमा १०४ जनामा संक्रमण पुष्टि भएको हो । 

काठमाडौं उपत्यकामा अहिले कोरोना संक्रमित ३४ आइसोलेशन, सात जना आईसीयू र तीन जना भेन्टिलेटरमा रहेका छन् । सक्रिय संक्रमितको संख्या तीन सय ७९ रहेका छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  १८:५८
Weather Update