News Griha :: न्यूजगृह
सुनकोशीमा बेपत्ता भएका थप २ बालबालिकाको शव भेटियो

काठमाडौं— सुनकोशीमा बेपत्ता भएका थप २ जना बालबालिकाको शव भेटिएको छ।

धाप्लाङ घाटभन्दा केही करिब १ किलोमिटर तल थप ८ वर्षीय लाेकचन्द्र मगर र ११ वर्षीया रेखा मगरको शव उत्रिएको अवस्थामा भेटिएको उदयपुर प्रहरीले जनाएको छ। 

शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ।

मंगलबार ९ वर्षीय रिदम मगरको शव फेला भेटिएको थियो।

उदयपुरको त्रियुगा नगरपालिका वडा नं १४ स्थित धाप्लाङमा आइतबार होली मनाएर पौडी खेल्न गएका ३ बालबालिका सुनकोशी नदीमा बेपत्ता भएका थिए।  

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १६:२९
Weather Update