News Griha :: न्यूजगृह
आईपीएल: चेन्नईको लगातार दोस्रो जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल)मा चेन्नई सुपर किंगले दोस्रो जित दर्ता गरेको छ। गएरातिको खेलमा गुजरात टाइटनलाई ६३ रनले पराजित गर्दै चेन्नईले लगातार दोस्रो जित दर्ता गरेको हो। पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरमाथि चेन्नईले ६ विकेटको जित निकालेको थियो।

Imageगएराति गुजरातले टस जितेर फिल्ड रोजेपछि ब्याटिङ गरेको चेन्नईले ६ विकेटको क्षतिमा २०६ रन बनायो। गुजरातलाई २०७ रनको लक्ष्य दिएको चेन्नईका लागि शिवम दुबेले अर्धशतक बनाए। उनले २३ बलमा ५ छक्काको मद्तमा ५१ रन जोडे। कप्तान रुतुराज गायकवाड र रचिन रविन्द्रको समान ४६–४६ रनको मद्दतमा २०६ रन बनाए। 

Imageगुजरातका लागि रासिद खानले दुई विकेट लिए भने साई किशोर, स्पेन्सर जानसन र मोहित शर्माले समान एकएक विकेट हात पारे।

चेन्नईले दिएको २०७ रनको लक्ष्य पछ्याएको गुजरातका लागि साई सुदर्शनले सर्वाधिक ३७ रन बनाए। ऋद्धिमान साह र डेभिड मिलरले समान २१–२१ रन बनाए। गुजरातका कप्तान शुभमन गिल ५ बलमा ८ रन बनाएर आउट भए।

Imageगुजरातलाई सस्तैमा समेट्न चेन्नईका दिपक चाहर, मुस्ताफिजुर रहमान र तुषार देशपाण्डेले समान दुईदुई विकेट लिए भने डेरिल मिचेल र माथीशा पाथिरानाले एक–एक विकेट हात पारे।

दोस्रो खेलमा गुजरातलाई ६३ रनले पराजित गर्दै चेन्नई आईपिएलको अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ।

Image

Image

तस्बिरहरू: चेन्नई सुपर किंगको ट्वीटरबाट

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  ०६:४३
Weather Update