
काठमाडौं—विशेष अदालतले रामेछापको लिखु तामाकोशी गाउँपालिका पूर्वअध्यक्ष गोविन्दबहादुर खड्कासहित छ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीकरण गर्दा भ्रष्टाचार भएको भन्दै पूर्व अध्यक्ष खड्का सहित २७ जनालाई मुद्दा चलाएकामा छ जना दोषी ठहर भएका र अन्य २१ जनाले सफाइ पाएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए।
उनका अनुसार पूर्वअध्यक्ष खड्कासहित राजुप्रसाद न्यौपाने, टङ्कप्रसाद चौलागाईँ, दुर्गाबहादुर तामाङ, नोर्बु लामा तथा पाइक कन्ट्रक्सनका सञ्चालक अमृतबहादुर तामाङलाई अदालतले दोषी ठहर गरेको हो।
पूर्वअध्यक्ष खड्कालाई एक करोड ९९ लाख जरिवाना र छ महिना कैद सजाय सुनाइएको छ।
यसैगरी न्यौपाने र चौलागाइँको एकमा जनही तीन महिना कैद र ६३ लाख जरिवाना तथा तामाङ र लामाको हकमा जनही तीन महिना कैद तथा ३१ लाख रुपैयाँ जरिवाना हुने भएको प्रवक्ता कार्कीले बताए ।













