रुसी विपक्षी नेता भ्लादिमिर कारा–मुर्जालाई २५ वर्षको सजाय
काठमाडौं— रुस–युक्रेन युद्धका कडा आलोचक एवम् रुसका विपक्षी दलका नेता भ्लादिमिर कारा–मुर्जाले २५ वर्षको जेल सजाय पाएका छन् ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका निर्णयहरू विरुद्ध आवाज उठाउँदै आएका प्रतिपक्षी नेता मुर्जाले युक्रेन युद्धको आलोचना गरेको आरोपमा उक्त जेल सजाय पाएको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ ।
मुर्जालाई देशद्रोह, रुसी सेनाको बारेमा मिथ्या सूचना फैलाएको र अनावश्यक संगठनसँग आबद्ध भएको आरोपमा दोषी पाइएको बताइएको छ । रुसी–बेलायतका पूर्व पत्रकार एवम् राजनीतिज्ञसमेत रहेका उनी पुटिनका धेरै विपक्षीहरूमध्ये पछिल्ला हुन्, जसलाई पक्राउ गरिएको वा रुस छोड्न बाध्य पारिएको छ ।
तर मुर्जाले सबै आरोप अस्वीकार गरेका छन् ।
प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८० १७:१६













