पहाडी क्षेत्रको विकासमा जुट्छौँ: मुख्यमन्त्री कार्की

धनकुटा— कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पहाडी क्षेत्रको विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
कोशी प्रदेश मुख्यमन्त्री सम्पर्क कार्यालय धनकुटामा मन्त्रिपरिषद् बैठकका लागि धनकुटा पुगेका कार्कीले विकास कार्य जनतासँग जोडिनुपर्ने भएकाले सरकारको नीतिमा सुधार आउनुपर्ने बताए।
धनकुटाका पत्रकारसँगको छलफलमा मुख्यमन्त्री कार्कीले विगतका प्रदेश सरकारले धनकुटामा सम्पर्क कार्यालय स्थापना गरेको र अब त्यसलाई नियमित सञ्चालन गर्ने बताए।
आज मुख्यमन्त्री कार्की धनकुटामा आयोजना हुने प्रदेश योजना आयोगको योजना तर्जुमा सुझाव सङ्कलन कार्यक्रम, महिला स्वास्थ्य स्वयंसेविकासँगको अन्तक्रिया, धनकुटा औद्योगिक ग्रामको अवलोकन, खेलाडी सम्मान कार्यक्रममा सहभागी हुने मुख्यमन्त्रीका प्रेस सल्लाहकार लीलाबल्लव घिमिरेले बताए।
प्रकाशित मिति: मंगलबार, चैत १३, २०८० १०:३३