News Griha :: न्यूजगृह
जसपाले कार्यगत एकताका लागि तय गर्‍यो पाँच कार्यभार

काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको पाँचवटा मुख्य कार्यभार तय गरेको छ।

पार्टीको आगामी राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने पार्टीको नीति तथा कार्यक्रम मस्यौदा समितिको बैठकबाट पार्टीका मुख्य कार्यभार गरेको छ। 

जसअनुसार जसपाले पार्टी एकीकरण, संयुक्त मोर्चा र कार्यगत एकतालाई  मुख्य कार्यभार तय गरेको छ। 

यसैगरी सरकार, संसद र जनसंघर्षलाई पनि कार्यभार हुने गरी दस्ताबेजको मस्यौदा तयार गर्न लागिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। 

बस्नेतका अनुसार, वैचारिक राजनीतिक काम, संगठनात्मक काम, प्रचारात्मक कामसमेत कार्यभारको रुपमा समेटिएको छ।

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  ०९:४४
Weather Update