News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
टीआरसी विधेयक अन्तिम चरणमाः मन्त्री गिरी

पर्वत— कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले  सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टीआरसी) विधेयक अन्तिम चरणमा पुगेको बताएका छन्।

महाशिला गाउँपालिकामा सोमबार आयोजित कार्यक्रममा गिरीले टीआरसी विधेयक छिट्टै  टुङ्गो लगाइने बताए। उनले केही बुँदामा मात्र सहमति हुन बाँकी रहेकोसमेत जानकारी दिए। 

Prabhu Bank

मन्त्री गिरीले भने, ‘विधेयकमा विभिन्न राजनीतिक दलका नेताहरूको बीचमा धेरै चरणमा छलफल भएको छ, संसद्का समितिहरूमा पनि चरणवद्ध छलफल भएको छ, अधिकांश बुँदामा सहमति भए पनि केही बुँदामा अझै छलफल गरेर टुङ्गोमा पुग्छौँ।’

खासगरी पीडितलाई न्याय दिलाउने गरी विधेयक ल्याउनुपर्ने दलहरू सहमत भएको उनले बताए।

अन्तिम चरणमा रहेकाले विधेयक संसद्मा पेस गर्न लामो समय नलाग्ने उनले बताए। 

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १४:५०
sagarmatha cementsagarmatha cement
Weather Update