News Griha :: न्यूजगृह
कांग्रेस राष्ट्रिय सभा प्रमुख सचेतकमा कृष्णबहादुर रोकाय मनोनीत 

काठमाडौं— कांग्रेस कांग्रेस संसदीय दल राष्ट्रिय सभाको प्रमुख सचेतकमा कृष्णबहादुर रोकाय मनोनीत भएका छन्।

कांग्रेस संसदीय दलको नेताको निजी सचिवालयका निजी सचिव केशवराज जोशीले सोमबार एक विज्ञप्ति जारी गर्दै सो बारे जानकारी दिएका हुन्। 

नेपाली कांग्रेस संसदीय दल राष्ट्रिय सभाको प्रमुख सचेतकमा राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकाय ज्यू मनोनीत हुनुभएको छ’, उनको विज्ञप्तिमा भनिएको छ। 

माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा रोकाय कर्णाली प्रदेशबाट निर्वाचित भएका थिए। उनी नेपाल विद्यार्थी संघ रुकुमका संस्थापक अध्यक्ष हुन्। 

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १४:२२
Weather Update