News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
गृह मन्त्रालय सम्बद्ध विषयमा छलफल गर्न राज्य व्यवस्था समितिले गृहसचिव, प्रहरी प्रमुख र सीआईबी प्रमुखलाई बोलाउने

काठमाडौं— संसदको राज्य व्यवस्था तथा सुशासन समितिले गृह मन्त्रालय सम्बध्द बिषयमा छलफल गर्न केही उच्च अधिकारीलाई बोलाउने भएको छ।

गृहसँग सम्बद्ध केही विषयमा गम्भीर रुपमै छलफल गर्नुपर्ने भएकाले गृहसचिव, नेपाल प्रहरीका महानिरीक्षक र प्रहरीको केन्द्रीय अुनसन्धान व्यूरो (सीआईबी) प्रमुखलाई बोलाउने भएको हो। समितिको आगामी १४ गते हुने बैठकमा यस विषयमा छलफल गरिने सचिवालयले जनाएको छ।

Prabhu Bank

राज्य व्यवस्था समितिका सदस्य रहिसकेका सांसद रबि लामिछाने अहिले गृह मन्त्रालयको नेतृत्वमा छन्। गृहमा उनकै विरुद्ध कारबाहीको मागसहित केही निवेदनहरु परेका छन्। त्यसबाहेक सुशासनसँग सम्बन्धित केही ऐन संशोधन गर्न तयार भएका विधेयक पनि छलफल गरेर टुंगो लाउनुपर्ने अवस्थामा रहेको सचिवालयले जनाएको छ।

संवैधानिक परिषद ऐनमै संशोधन गर्ने भनेर छलफलकै चरणमा रहेको विधेयक सत्ता समीकरण फेरबदल भएपछि अड्किएको छ भने दलहरुको अडान अब के हुने भन्ने पनि अस्पष्ट रहेको बुझिएको छ।

समितिका तीन सदस्य वर्तमान सरकारमा उपप्रधानमन्त्री छन्। गृहमन्त्री लामिछाने, उपेन्द्र यादव र रघुबीर महासेठ उपप्रधानमन्त्री छन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १३:३४
sagarmatha cementsagarmatha cement
Weather Update