पाँच दलीय गठबन्धनले बारा २ मा चुनावी सभा गर्ने

काठमाडौं— बारा निर्वाचन क्षेत्र नम्बर २ मा पाँच दलीय गठबन्धनले चुनावी सभा गर्ने भएको छ ।
आगामी १० वैशाखमा हुन गइरहेको उपनिर्वाचनमा गठबन्धनको तर्फबाट जसपाका अध्यक्ष उपेन्द्र यादव बारा २ को उम्मेदवार छन् । सोही निर्वाचनलाई लक्षित गरेर गठबन्धनले बाराको महागढीमाईस्थित बरियारपुरमा आगामी ७ वैशाखमा चुनावी सभा आयोजना गरिएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
उक्त चुनावी सभामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरलगायत गठबन्धन दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
गठबन्धनको संयुक्त आयोजनामा हुने सभा बिहानको ११ बजे सुरु हुने बताइएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८० १४:४०













