News Griha :: न्यूजगृह
आज पनि कोशी, बागमती र गण्डकी प्रदेशका केही जिल्लामा मेघ गर्जनसहितको वर्षा

काठमाडौं— नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव छ।

आज कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको  पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली  र बाँकी  भुभागमा  आंशिकदेखि मुख्यतया मौसम सफा रहेने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मौसम सफा रहने छ। 

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  ०६:२५
Weather Update