News Griha :: न्यूजगृह
एक हजारले बढ्याे सुनकाे भाउ

काठमाडाैं—  नेपाली बजारमा सुनको भाउ बिहीबार पनि बढेको छ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक हजार रुपैयाँले बढेर १ लाख ६ हजार ७०० रुपैयाँ कायम भएको छ ।

यसअघि, बुधबार छापावाल सुन तोलाको १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।  यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ६ हजार २ सय रुपैयाँ निर्धारण भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ५ हजार २ सय रुपैयाँ निर्धारण भएको थियो ।

बिहीबार चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ५ रुपैयाँले बढेर १३ सय ५ रुपैयाँ कायम भएको छ । बुधबार भने चाँदीको भाउ १३ सय रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १२:२९
Weather Update