आज दिन रात बराबर

काठमाडौं— आज मार्च २१, दिन र रात बराबर हुने दिन। सूर्य भूमध्यरेखाको ठिक माथि पर्ने भएकाले दिन र रातको समय बराबर हुने भएको हो।
आज पृथ्वीको ध्रुवी क्षेत्रबाहेक अन्य सबैतिर दिन र रात बराबर हुन्छ। भोलिदेखि उत्तरी गोलार्द्धमा रातभन्दा दिन लामो र दक्षिणी गोलार्द्धमा दिनभन्दा रात लामो हुन थाल्छ। सूर्यको किरण पृथ्वीमा पर्ने चार भौगोलिक दिनहरूमा मेष विषुवत, दक्षिणयन आरम्भ, तुला विषुवत र उत्तरायण आरम्भ हुने दिनहरु पर्दछन् । जसलाई आधार मानेर राशिचक्र गणना र ऋतु परिवर्तन हुने गर्दछ ।
ज्योतिष शास्त्रमा यसलाई ‘मेष विषुवत्’ भनिन्छ। ज्योतिष शास्त्रअनुसार सूर्यको किरण पृथ्वीमा पर्ने चारवटा भौगोलिक दिनमध्ये एक मेष विषुवत् दिन आज हो।
प्रकाशित मिति: बिहीबार, चैत ८, २०८० ०८:४०













