News Griha :: न्यूजगृह
बालकोटमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता हुँदै, यस्ता छन् छलफलका विषय

काठमाडौं— मुख्य तीन दलका शीर्ष नेताहरूबीच भेटवार्ता हुँदैछ ।

भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा सोमबार बिहान ९ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता हुन लागेको हो ।

अध्यक्ष ओलीको स्वास्थ्यलाभको कामना गर्ने र संसद्मा विधेयक अगाडि बढाउन विषयमा छलफल गर्ने कार्यसूची रहेको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

सचिवालयको भनाइमा सोमबार प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवा बिहान ९ बजे ओली निवास बालकोट पुगी स्वास्थ्यलाभको कामना गर्ने र संसद्मा विधेयक अगाडि बढाउने विषयमा छलफल गर्नेछन् ।

सरकारले संवैधानिक परिषद्सम्बन्धी विधेयक र सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिनसम्बन्धी विधेयकलाई अगाडि बढाउन खोजेको छ ।

एमाले अध्यक्ष ओलीले उक्त विधेयकसम्बन्धी प्रतिपक्षी दल एमालेसँग छलफल गर्नुपर्ने बताएका थिए ।

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  ०७:४५
Weather Update