संसद्
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं— संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक सोमबार बस्दै छ । १३ औं अधिवेशनको १७औं बैठक बस्न लागेको हो । संघीय संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्ने छ ।
बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती) ले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६, ०७६/०७७ र ०७७/०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवम् मूल्यांकन प्रतिवेदन, २०७९ छलफलका लागि पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिलसिनाले पूर्वसांसद तेजमान तुम्वाहाम्फेको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८० ०६:२२













