News Griha :: न्यूजगृह
परराष्ट्रमन्त्री साउदलाई भारतीय समकक्षी एस जयशंकरले दिए बधाई

काठमाडौं— नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदलाई उनका भारतीय समकक्षी एस जयशंकरले बधाई दिएका छन् । 

विदेशमन्त्री जयशंकरले आइतबार सामाजिक सञ्जाल ट्विटरमार्फत बधाई दिएका हुन् ।

आइतबार नियुक्त भई पदभार सम्हालेकाका साउदलाई विदेशमन्त्री शंकरले बधाई दिँदै द्विपक्षीय बहुआयामिक साझेदारीलाई अझ बलियो बनाउन सँगै काम गर्न तत्पर रहेको उल्लेख गरेका छन् ।

जयशंकरले मन्त्री साउदलाई नयाँ भूमिकामा सफलताको शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  २२:०४
Weather Update