News Griha :: न्यूजगृह
अस्कल क्याम्पसको स्ववियु सभापतिमा जैशी निर्वाचित

काठमाडौं— अमृत साइन्स क्याम्पस (अस्कल) को स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका प्रेम जैशी निर्वाचित भएका छन्  ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेपाल प्रजातान्त्रिक विद्यार्थी संगठनको समर्थनमा जैशी निर्वाचित भएका हुन् ।

आइतबार भएको निर्वाचनमा उनले अनेरास्ववियुका कमल जोशीलाई ९ मतले पराजित गरे । १ हजार ८२६ मतदाता विद्यार्थी रहेकामा १ हजार ३७४ जनाले मतदान गरेका थिए ।

२०६५ सालमा भएको निर्वाचनमा अनेरास्ववियुले जितेको थियो ।

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  १९:४४
Weather Update