परराष्ट्रमन्त्री साउद र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

काठमाडौं— नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । भारतीय राजदूत श्रीवास्तवले आइतबार साँझ परराष्ट्र मन्त्रालय पुगेर मन्त्री साउदलाई भेटेका हुन् ।

मन्त्री र राजदूतबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणलगायतका समसामयिक विषयमा छलफल भएको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ । परराष्ट्रमन्त्री भएकोमा साउदलाई राजदूत श्रीवास्तवले बधाई दिएका थिए ।
प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८० १९:३०













