News Griha :: न्यूजगृह
विद्यालयमा छात्रवृत्तिका लागि निवेदन खुला

काठमाडौं— चन्द्रागिरि नगरपालिकाले आगामी शैक्षिक सत्रमा चन्द्रागिरिभित्रका संस्थागत विद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गरी निवेदन आह्वान गरेको छ ।

चन्द्रागिरि नगरपालिकाको शिक्षा शाखाले आइतबार एक सूचना प्रकाशित गरी चन्द्रागिरि नगरपालिका नगरस्तरीय छात्रावृत्ति व्यवस्थापन समितिको २० चैतकाे निर्णयानुसार संस्थागत विद्यालयमा शैक्षिक सत्र २०८० मा अध्ययन गर्ने विद्यार्थीका लागि छात्रावृत्तिका लागि निवेदन आह्वान गरेको हो ।

सो नगरपालिकाले छात्रवृत्ति व्यवस्थापन कार्यविधि २०७९ को परिच्छेद–४ दफा ७ को उपदफा ३ को ३४ प्रतिशत नगरपालिकाको छात्रवृत्ति बैंकका लागि निवेदन आह्वान गरेको हो ।

छात्रवृत्तिका लागि निवेदन दिन चाहने विद्यार्थीले चन्द्रागिरि नगरपालिका छात्रवृत्ति व्यवस्थापन कार्यविधि २०७९ को दफा ८ को उपदफा ६ बमोजिम आवश्यक कागजात साथ सम्बन्धित विद्यालयमा १८ वैशाखसम्म बुझाउन अनुरोध गरेको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  १९:१८
Weather Update