
काठमाडौं — सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा अनियमितता गरेको आरोपमा सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल लगायत नौ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
नौ जनाविरुद्ध करिब पौने ३ अर्ब बराबरको विगो माग गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार मुद्दा तयार गरेको हो ।
नौ जनाविरुद्ध छुट्टाछुट्टैबिगोकामय गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
उनका अनुसार सी.डी.ई नविनकुमार पोखरेल (मेकानिकल), सहायक निर्देशक रमेशप्रसाद पोखरेल, शाखा अधिकृत मनिकमान महर्जन, पूर्व लेखा अधिकृक रामबहादुर बुढा, शाखा अधिकृत शिरिष उपाध्याय, इन्जिनियरिङ्गमार्केटिंगकन्सर्नप्रालिका प्रबन्ध निर्देशक रोहितमान प्रधान, मेपटेकविल्डिंग सर्भिसेस प्रालिका निर्देशक भुवन महर्जन र परामर्शदाता वास्तुशिल्प एशोसिएट्सका प्रबन्ध निर्देशक मित्रलाल गुरौलाई समेत विपक्षी बनाई मुद्दा दायर गरिएको छ ।













